भीम रावलको कविता : बालुवाटारमा धुवाँको मुस्लो

भीम रावलको कविता : बालुवाटारमा धुवाँको मुस्लो

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावल पछिल्लो समय पार्टीभित्रै प्रतिपक्षी नेता जस्तै  भएका छन्।   सरकारका काम र पार्टीको कार्यशैली प्रति चर्को आक्रोश पोख्दै आइरेहेका रावलले हिजो पनि स्थायी कमिटी बैठकमा विरोध जनाए।

पार्टीले थाहै नदिई राष्ट्रिय जनता पार्टीसँग गरेको सहमति र पछिल्ला विभिन्न निर्णय प्रति आक्रोश पोखेका राववले स्थायी कमिटीमा कवितामार्फत आक्रोश पोखे।

यस्तो छ रावलको कविता 

अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो 

धुम्बाराहीमा एउटा अभ्यास गरिँदै थियो  

एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो 

आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो।

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो 

त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो 

अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?

 विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो। 

सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन? 

शीर्ष भनी कहलिने नेता हो, इमानले भन 

सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइ राख्न सबै छोडौं 

जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौं।