मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधी आयोजक एसपीएलाई

मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधी आयोजक एसपीएलाई

धनगढी : अन्तर विद्यालय स्तरिय छात्रा मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधी आयोजक एसपीए कलेजले जितेको छ । 

आईतवार सम्पन्न फाइनलमा कैलाली बहुमुखी क्याम्पसलाई ३–० अन्तरले पराजित गर्दै एसपीएले पहिलो स्थानको ट्रफि उचालेको हो ।  

जित संगै एसपीएले नगद २५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रथम स्थानको ट्रफि धनगढी उप–महानगरपालिकाकी उप–मेयर शुशीला मिश्र भट्टले प्रदान गर्नुभयो । 

दोश्रो स्थानमा चित्त बुझाएको कैलाली बहुमुखी क्याम्पसले नगद १५ हजार तथा ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा शारदा विद्या निकेतन तेश्रो भएको छ । उसले नगद १० हजार पुरस्कार राशी र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा बेष्ट प्लेयरको ट्रफि एसपीएकी टिम क्याप्टेन शरस्वती जोशीले प्राप्त गर्नुभएको छ । 

यसैगरी एसपीएकी निर्मला बोहरा वेष्ट किपर, कैलाली बहुमुखी क्याम्पसकी विन्दु ऐरी वेष्ट सर्भिसर र एसपिएकी पुष्पा बुडथापाले वेष्ट लेफ्टरको ट्रफि प्राप्त गर्नुभएको छ ।