समाजवादी पार्टीले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

समाजवादी पार्टीले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।  समाजवादीले प्रदेश १, २ र पाँचमा गरेर ६ जना उम्मेदवार उठाउने भएको हो। प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ।

त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाउने निर्णय भएकाे भएको समाजवादीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

त्यस्तै  प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनाएको छ।  समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ।