एमसीसी नेपालको हित बिपरीतः नेता नेपाल

एमसीसी नेपालको हित बिपरीतः नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हित बिपरीत भएको बताएका छन् ।

पुष्पलाल मञ्च नेपाल धनगढीले गरेको अन्तरक्रियामा नेता नेपालले एमसीसीका केही बुँदा सच्याउनुपर्ने बताए । नेता नेपालले भने, “एमसीसी जस्ताको त्यस्तै बिपरीत पारित गर्न सकिदैन, केही बुँदा सच्याउनुपर्छ ।”

नेता नेपालले पार्टीभित्रको गुटउपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको समेत बताए । उनले योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भइरहेको बताए ।

नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नाको विकल्प नभएकामा जोड दिए ।

“पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न”, उनले भने ।