धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

धनगढी – अत्तरिया-मोहोना ६ लेन सडक क्षेत्रका अतीक्रमित संरचना हटाउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि आज डोजर लगाएर सडक क्षेत्र खाली गर्न सुरु गरिएको छ । सडक क्षेत्र खाली नहुँदा सडक बिस्तारको कामले गती पाउन सकेको थिएन ।

काम शुरु भएको धेरै समय बितिसक्दा पनि कामले गती नलिएको भन्दै स्थानियले ठेकेदार कम्पनीको आलोचना हुँदै आएको थियाे । सर्बोच्च अदालतले खाली गराउन आदेश दिएपनी केही घरधनीहरुले घर भत्काउन आनाकानी गरेपनी स्थानिय जनप्रतिनिधीको उपस्थितीमा धनगढीको ट्राफीक चौराहमा रहेको संगम गेष्ट हाउसबाट डोजर लगाउन सुरु गरिएको हो ।

धेरै जसो घरधनिहरुले आफै संरचना भत्काईसकेको भए पनि भत्काउन बाँकी ५ प्रतिशत संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । घर भात्काउने काम शुरु भएकोले अब सडक बिस्तारको कामले तिब्रता पाउनेमा स्थानिय आशाबादी रहेका छन ।