खेलकुद विकाश समितिद्धारा पदक विजेता एक सय ३८ जना खेलाडी सम्मानित

खेलकुद विकाश समितिद्धारा पदक विजेता एक सय ३८ जना खेलाडी सम्मानित

धनगढी : जिल्ला खेलकुद विकास समिति कैलालीले जिल्लाका एक सय ३८ जना खेलाडीहरुलाई सम्मान गरेको छ । 

विहिवार धनगढी रगशालामा आयोजित खेलाडी सम्मान तथा दशैं मिलन कार्यक्रममा समितिले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।

उसु, कराँते, फुटबल, तेक्वान्दो, बोक्सिंग लगायतका विधाका खेलाडी सहित ३ जना प्रशिक्षक, ३ वटा विभिन्न संघ र ३ वटा क्लव लाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले बताउनुभयो ।

सम्मानित हुने खेलाडीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।