‘एमसीसी’ को विरोध गर्ने तीन जना भोजपुरबाट पक्राउ

‘एमसीसी’ को विरोध गर्ने तीन जना भोजपुरबाट पक्राउ

मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।

स्थानीयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए ।

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगिएको थियो । उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन् ।

शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनीहरुले गुनासो उनीहरुले गरेका छन् । । तर प्रहरीले भने प्रहरी प्रशासनलाई  समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको जनाएको छ ।