एमसीसीमा पार्टीभित्रै विवाद, तर सरकारले अघि बढायो

एमसीसीमा पार्टीभित्रै विवाद, तर सरकारले अघि बढायो

अमेरिकी सहयोग निकाय मलिेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ।

सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्। मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता संसदमा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ।

पार्टीभित्र रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको हो।  परियोजना कार्यान्वयन गर्न स्थापित मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए नेपाल) ले पेस गरेको मुख्य सूचीमा रहेका सामग्री, उपकरण र सवारीसाधनको आयातमा भन्सार महशुल छुट पाउनेछन् ।