एमसीसी संसदबाट पास गरे राष्ट्रका लागि घातक : नेता रावल

एमसीसी संसदबाट पास गरे राष्ट्रका लागि घातक : नेता रावल

डोटी : नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  संसदबाट पास गरे घातक हुने बताएका छन्।

डोटीको दिपायल सिलगढी नगरपालिकाले बुधबार भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताएका हुन्।

‘एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ,’ उनले भने।

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ।