केक खाँदा सास रोकिएर महिलाको मृत्यु

केक खाँदा सास रोकिएर महिलाको मृत्यु

अस्ट्रेलियाको क्वीन्सल्यान्डमा सबभन्दा धेरै मिठाइ खाने प्रतियोगिता जित्ने चक्करमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ । 

हार्वी बेस्थित बीच हाउस होटलमा महिलाले प्रतियोगिता जित्नका लागि एकैचोटि थुप्रो केक मुखमा कोचेकी थिइन् । त्यसपछि उनलाई सास फेर्न गाह्रो भयो । उनलाई अस्पताल लगियो तर उनको ज्यान बचेन ।

होटलमा रहेका प्रत्यक्षदर्शीहरूका अनुसार, महिलाले धेरै केक कोचेर सास फेर्न नसकेपछि उनी भुइँमा लडिन् । मानिसहरूले उनलाई सीपीआर दिएर होशमा ल्याउने कोशिश गरे तर सफल भएनन् । त्यसपछि एम्बुलेन्स बोलाएर उनलाई अस्पताल लगियो । 

अस्ट्रेलियामा धेरै खाना खाने प्रतियोगिता निकै चर्चित छ । अस्ट्रेलिया डे मा अनेकौं होटलले यस्ता प्रतियोगिता आयोजन गर्ने गर्छन् । 

अस्ट्रेलियामा आएका युरोपेलीहरूको यादमा यो दिन मनाउने गरिन्छ । त्यस दिन आयोजित प्रतियोगितामा केक, पाई, हट डग र अन्य कुरा खाएर पुरस्कार जित्छन् ।