गुगलले ‘फेक न्युज’ रोक्न एक करोड डलर खर्चिने

गुगलले ‘फेक न्युज’ रोक्न एक करोड डलर खर्चिने

गुगलले फेक न्युज वा गलत समाचारको प्रसार रोक्न र खबरप्रतिको बुझाइ बढाउन १ करोड अमेरिकी डलर खर्च गर्ने जनाएको छ । यो अभियान अन्तर्गत गुगलले भारतमा १० लाख अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।

यो रकम वैश्विक गैर मुनाफामा आधारित संगठन इन्टरन्युजलाई दिइनेछ । यो परियोजनाका लागि २५० पत्रकार, फास्ट चेकर्स, विद्वान र एनजीओ कार्यकर्ताको एक टोली गठन गरी यस्तो काम इन्टरन्युजले गर्नेछ ।

गुगलले समाचरप्रति विश्वभर बुझाइ वृद्धि गराउन १ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा अन्तर्गत भारतमा यो घोषणा गरेको हो । डिजिटल फर्ममा काम गर्ने न्युज वेबसाइटहरूले झूठो वा फेक न्युज प्रसारण गर्ने गरेको आलोचना बढेपछि गुगलले यो अभियानलाई अगाडि बढाएको हो ।

भारतको सन्दर्भमा वैश्विक र स्थानीय विशेषज्ञको टोलीसँग मिलेर यसका लागि पाठयक्रम तय गरिनेछ । यो सात भाषामा हुनेछ । भारतका गैर मेट्रो शहरमा पुगेर इन्टरनेटको उपोग गर्ने उपभोक्तालाई तालिम दिइनेछ ।

यसबाट उपभोक्ताले जानकारी सही हो वा गलत हो त्यसको जानकारी प्राप्त हुनेछ । भारतमा यसका लागि १५ हजार भारतीय पत्रकारहरूलाई तालिम दिइसकिएको छ ।