काेराेना भाइरस : फिलिपिन्समा एक जनाकाे ज्यान गयाे

काेराेना भाइरस : फिलिपिन्समा एक जनाकाे ज्यान गयाे

कोरोना भाइरसका कारण चीनबाहिर एक जनाको ज्यान गएको छ । फिलिपिन्समा काेरोना सङ्क्रमित ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

काेराेना भाइरसका कारण चीन बाहिर कसैकाे ज्यान गएकाे याे पहिलाे घटना हाे । काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो । 

निमोनिया भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपनि गएको २४ घण्टामा अवस्था खराव भएर ज्यान गएको अस्पतालले जनाएको छ । उनी फिलिपिन्समा पहिलो पटक कोरोना पुष्टि भएको व्यक्तिको साथी रहेकाे खबरमा बताइएकाे छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएकाे पुष्टि भैसकेकाे बीबिसीले जनाएको छ ।

चीन बाहिर सय जनामा कोरोना भएको पुष्टि भए पनि अहिलेसम्म कसैको पनि ज्यान गएको थिएन ।