नाङ्गो खुट्टा हिडिन्थ्यो, यी आज कार छ के गर्छौ

नाङ्गो खुट्टा हिडिन्थ्यो, यी आज कार छ के गर्छौ

नाङ्गो खुट्टा हिडिन्थ्यो, यी आज कार छ के गर्छौ 
त्यहीँ भएर दुनियाँलाई मेरो, दरकार छ के गर्छौ ।

भात खान साथी खोज्नुपर्ने, दैनिकी बदलियो मेरो,
साथी दिउँसो लाई होटेल, साँझलाई बार छ के गर्छौ।

साहुले भाडा तिरेन भनी निकालेको नसम्झाउन यार
आज उसको भन्दा नि मेरो ठूलो, दरबार छ के गर्छौ।

तिमीले जति गाली गरे नि केही हुँदैन साथी बेकार हो
अगुवा र पछुवा छन म संग हजारौको प्यार छ के गर्छौ।

शक्ति र सत्ताले स्वर्ग किन्न सकिन्छ यो दुनियाँ हो यार
तिमी किन बुझ्दैनौ मेरो त आफ्नै सरकार छ के गर्छौ ।।