कोरोनाले ४२७ जनाको मृत्यु : चीनद्वारा कमजोरी स्वीकार

कोरोनाले ४२७ जनाको मृत्यु : चीनद्वारा कमजोरी स्वीकार

चीनको वुहानबाट फैलिएको नोभेल कोरोनाको संक्रणमबाट ४३६ जनाको मृत्यु भएको छ । चीनमा मात्र ४२५ जनाको, एक जनाको फिलिपिन्‍स र एक जनाको हङकङमा मृत्यु भएको छ । 

कोरोनाका कारण सोमबार मात्र हुबेइमा ६४ जनाको मृत्यु र २ हजार ३४५ जनामा नयाँ संक्रमित भेटिएको सीएनएनले जनाएको  छ। स्वास्थ्य अधिकारीका अनुसार हुबेइमा १० हजार ९९० संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । 

अहिलेसम्म विश्वभर २० हजारभन्दा बढी संक्रमित छन् । चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या सन् २००२-००३ को सार्स भाइरसको संक्रमणभन्दा बढी हो । त्यस समयमा चीनमा मात्र सार्सका कारण ३४९ जनाको मृत्यु भएको थियो । 

चीनका उच्च अधिकारीले नोवल कोरोना भाइरसको घातक संक्रमणको नियन्त्रणमा केही कमीकमजोरी भएको स्वीकार गरेका छन् । 

चीनको कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीले राष्ट्रिय आपतकाल व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बताएको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक नोवल कोरोना भाइरसको संक्रमण देखिएको थियो । हाल नेपालसहित विश्वका विभिन्न देशमा संक्रमण फैलिएको छ ।

राष्ट्रपति सी जिन पिङको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले अहिले सरकारको 'ठूलो परीक्षा' भएको र यसबाट पाठ सिक्‍नुपर्ने निष्कर्ष निकालिएको छ । 

बैठकबाट वन्यजन्तुको व्यापारमा रोक लगाउनुपर्ने र बजार अनुगमनमा कडाइ गर्नुपर्ने बताइएको छ ।  वुहानमा थप स्वास्थ्यकर्मी पठाउने विषयलाई उच्च प्राथमिकतामा राख्‍नुपर्ने बताइएको छ ।