भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे ठूलाे कारबाही, 'म्याच फी' काे ८० प्रतिशत जरिबाना

भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे ठूलाे कारबाही, 'म्याच फी' काे ८० प्रतिशत जरिबाना

न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा चार विकेटले पराजित भएकाे भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ ।

पहिलाे एकदिवसीयमा 'स्लो ओभर रेट' मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत 'म्याच फी' काे जरिबाना लगाएको हो । आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर 'स्लो रेट' मा गरेको भन्दै जरिबाना लगाइएकाे हाे । 

आईसीसीको 'कोड अफ कन्डक्ट' अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिबाना तिर्न तयार रहेको बताए । यसअघि पनि आईसीसीले गएकाे आइतबार न्युजिल्याण्डविरुद्धकाे पाँचाैँ टी–२० मा ‘स्लो ओभर रेट’ का कारण भारतलाई २० प्रतिशत रकम जरिबाना लगाएको थियो ।

त्यस्तै गएकाे शुक्रबार न्युजिल्यान्डसँगको चौथो टी–२औ मा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिबाना लगाएको थियो ।

तीन खेलकाे एकदिवसीय श्रृङ्खलाअन्तर्गत दाेस्राे एकदिवसीय खेल आउँदाे शनिबार हुनेछ । यसअघि भएकाे पाँच खेलकाे टी–२० श्रृङ्खला भारतले क्लिनस्वीप गरेकाे थियाे ।