महाअभियाेग मामिला : ट्रम्पले पाए सफाइ

महाअभियाेग मामिला : ट्रम्पले पाए सफाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाए पनि ट्रम्पलाई माथिल्लो सदनले सफाइ दिएको हो । 

राष्ट्रपटि डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदनमा बहसपछि भएको मतदानमा ट्रम्पले महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मत र संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् । 

ऐतिहासिक मतदानमा सदनले अमेरिकाका ४५औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । गएको डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो । 

यही वर्षको आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपती पदको लागि चुनाव हुँदैछ । योसँगै ट्रम्प महाअभियोगका सामना गरेपछि चुनाव लड्ने देशको पहिलो राष्ट्रपति उम्मेदवार भएका छन् । 

यदि ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप पुष्टि भएको खण्डमा उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पिँदै राजीनामा पत्र दिनुपर्ने हुन्थ्यो ।