सिडिएमए सेवा बन्द गर्दै टेलिकम

सिडिएमए सेवा बन्द गर्दै टेलिकम

नेपाल दुरसञ्चार कम्पनी लिमीटेडले  हाल सञ्चालन गरीरहेको सिडीएमए सेवा  बन्द गर्नै भएको छ ।कम्पनीले आगामी आर्थिक वर्ष भित्र सिडीएमए सेवाका ग्राहकलाई फोरजिमा रुपान्तरण गरी यस सेवालाई बन्द गर्नै लागेको हो ।

कम्पनीको १६ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्दैशक डिल्लीराम अधिकारीले सिडीएमए सेवा बन्द हुन लागेको जानकारी दिए ।

उनले भने,सो बाट कम्पनीको वायरलेस सेवामा एकरुपता आउने तथा स्पेक्ट्रमको बचत हुनेछ । प्रबिधीगत रुपमा विश्वव्यापी स्तरमै सिडीएमए  सेवाको विकासक्रम  रोकिएकाले  कम्पनीले पनि नियामक निकाय समेतको सहकार्य र समन्वयमा सिडीएमए  सेवालाई क्रमिक रुपमा रुपान्तरण  सहित बन्द गर्नै कार्यक्रम ल्याएको हो ।

गत आवको तुलानामा चालु आर्थिक वर्षमा भ्वाइस सेवा लिने ग्राहक संख्या १३.५९ प्रतिशतले बृद्धी भई कुल २ करोड २७ लाख पुगेको छ । भने गत कार्तिक  मसान्त सम्ममा थप बृद्धी भई २ करोड ३६ लाख पुगेको कम्पनीले जनाएको छ ।

यस्तै डाटा सेवाको संख्यामा २६ प्रतिशतले वृद्धी भई चालु आवको  शुरुमा कुल १ करोड ३७ लाख लिने गा्रहकको संख्या पुगेकोमा कार्तिकसम्ममा बृद्धी भई १ करोड ४६ लाख पुगेको छ । साथै बिगत १ वर्षको कम्पनीको मोवाइल सेवाको विस्तार सँगै ग्राहँकहरुको संख्यामा पनि १० लाख वृद्धी भएको छ ।

कम्पनीले अघि बढाएको फोरजि परीयोजनाको विस्तार सँगै थप वृद्धी हुने विश्वास लिइएको  छ  । यस्तै नेपाल टेलिकमले गत आर्थिक वर्षमा सरकारी राजस्वमा उल्लेख्य योगदान पु¥याएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५,७६ मा कर र करबापत रु २५.७६ अर्ब र डिभिडेन्ट वापत रु ७.५५ गरी कुल रु ३३.३१ अर्ब सरकारी राजस्वमा बुझाएको छ ।यसले गर्दा कम्पनीको सेवा विस्तार र राजस्व वृद्धि सगँ सरकारी राजस्व पनि बढ्दै जाने उनको भनाई छ ।