युथ फर सोसल वर्क कल्बले बलात्कार न्यनिकरण गर्ने अभियान सञ्चालन

युथ फर सोसल वर्क कल्बले बलात्कार न्यनिकरण गर्ने अभियान सञ्चालन

धनगढी : देशमा बढ्दै गएका बलात्कारका घटनाहरू मध्यनजर गरि कैलालीमा स्थापित युथ फर सोसल वर्क कल्बले बलात्कार न्युनिकरण गर्ने अभियान सञ्चालन गरेको छ ।

विभिन्न बिद्यालयका विद्यार्थी शिक्षक स्थानीय बासी सामाजिक अभियान्ताको सहकार्यमा सोमबार कैलाली बहुमुखी क्याम्पस र सुदुर पश्चिमाञ्चल क्याम्पसका स्नातक तहका विद्यार्थीहरू संग बलात्कार न्यनिकरण गर्न  यसको भुमिका के रहन्छ, हामीले यस्ता कार्य  विरूद्ध  के गर्न सक्छौ र बलात्कारका घटनाहरूलाई कसरी न्युनिकरण गर्ने भन्ने अभियान सञ्चालन  गरि उक्त अभियानमा झन्डै  डेढ सय बिद्यार्थीहरूका सुझाव संकलन गरेको  कल्बले जानकारी दिएकाे छ ।

विद्यार्थीहरू बाट संकलन गरेका सुझाव सल्लाह हरू लाई सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लाई बुझाउने  कल्बलका संयोजक  रोहित बि सिले जानकारी  दिनुभयो ।

यस अभियानले सकारात्मक सोच हुने कल्बको भनाइ छ । गत साउन १० गते मात्रै महेन्द्रनगरकी निर्मला पन्तको बलात्कार गरि हत्या गरिएको थियो ।

तर घटना भएको तिन महिना पुगिसक्दा पनि सरकारले बलात्कारीलाई प्रकाउ गर्न नसक्नु राजनितिको संरक्षण र सरकार आफै मिलेर बलात्कारीलाई बचाउन खोजेको अभियानमा सहभागी विद्यार्थीहरुको भनाइ थियो ।

उक्त अभियानमा सबैको साथै र सहयोगको अपेक्षा पाए यो अभियान देशैभिर सञ्चालन गर्ने कल्बका संयोजक बिसि ले बताउनुभयो । साथै यस्ता घटनाक्रमलाई न्युनिकरण गर्नमा  सबैले साथ दिन आग्रह गरेका छन ।