एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’,यस्ता छन् सुविधा

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’,यस्ता छन् सुविधा

एनसेलले भ्यालेन्टाइन सिजनमा आफ्ना आफ्ना प्रिपेड ग्राहकका लागि  प्रियजनसँग असिमित कुराकानी गर्ने सुविधा दिने भएको छ । 

नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’को सो सुविधा ल्याएको हो । 

सो अफरमा ग्राहकले मात्र रु १०० ९कर सहित रु १२७।६९० मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याक दिने जनाएको छ । 

माघ २४ गते शुक्रबार देखि लागु हेने यो भ्यालेन्टाइन अफर ३ महिना सम्म संचालनमा रहनेछ । यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । उक्त अफर सुविधा लिन ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् । 

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।