कोरोनाबाट मृत्यु हुनको संख्या ७२३ पुग्यो

कोरोनाबाट मृत्यु हुनको संख्या ७२३ पुग्यो

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भइरहेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यस अघि २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसहरुको मृत्यु भएको थियो । 

वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन  तथा हेलोङजियाङ  र दक्षिण पश्चिमको गुइझौमा अन्य तीनजनाको मृत्यु भएको छ। 

चीनबाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ती ध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् । 

कोरोना भाइरस फैलिनसक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरानाकै कारण ज्यान गएको छ । ३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको हो । 

वेन्लियाङ वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनले पहिलो पटक डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने चेतावनी दिएका थिए।