टिकटकले कति कमाउँछ ? थाहा पाएपछि जिब्रो टोक्नुहुनेछ

टिकटकले कति कमाउँछ ? थाहा पाएपछि जिब्रो टोक्नुहुनेछ

लोकप्रिय भिडियो शेयरिङ एप टिकटक त तपाईंले प्रयोग गर्नुभएकै होला । तपाईमध्ये धेरैजसोको फोनमा यो एप्लिकेसन रहेको छ । नेपालमा पनि टिकटक निकै प्रचलित छ । टिकटककै कारण कतिपयले आफ्नो प्रतिभा निखार्ने मौका पाएका छन् भने कतिपयको समय बर्बाद पनि भइरहेको छ ।

टिकटकले कति कमाउला त रु यसको जवाफ सुन्नुभयो भने तपाईंले पक्कै जिब्रो टोक्नुहुने छ ।टिकटकले सन् २०१९ को अन्तिम तीन महिनामा कम्पनीको इतिहासकै सबभन्दा बढी नाफा कमाएको छ । 

सूचना प्रविधि उद्योगको विश्लेषण गर्ने संस्था सेन्सरटावरका र्‍यान्डी नेल्सनले बताएअनुसार, टिकटकले पछिल्लो त्रैमासिकमा ८ करोड ७० लाख डलर नाफा कमाएको छ । 

एप स्टोर र गूगल प्लेलाई पैसा बुझाएपछि टिकटकले ६ करोड २० करोड खुद नाफा कमाएको हो । यो चीनबाहेक टिकटक चल्ने अन्य सबै मुलुकबाट आएको नाफा हो । सन् २०१८ को त्यही अवधिको नाफाका तुलनामा टिकटकले सन् २०१९ मा ५२१ प्रतिशत नाफा कमाएको नेल्सनले जानकारी दिए । 

सार्वजनिक गरिएको जम्मा दुई वर्षमा टिकटक अमेरिकामा सबभन्दा बढी डाउनलोड गरिने एप बन्यो । सन् २०१९ मा टिकटक ७५ करोडपटक डाउनलोड गरियो । टिकटकमा प्रयोगकर्ताहरूले साना संगीतबद्ध भिडियो रेकर्ड गरेर शेयर गर्न पाउँछन् । 

अघिल्लो साता अमेरिकी सेनाले सबै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाइने किनकि यो बनाउने कम्पनी बाइटडान्सले डेटा संकलन गरेर चिनियाँ सरकारलाई बुझाउने गरेको बताएको थियो । 

अनि गत अप्रिल महिनामा यौन दुराचारीहरूले नौ वर्षे बालबालिकालाई समेत यौनसम्बन्धी सन्देश पठाउन टिकटक दुरुपयोग गर्ने गरेको रिपोर्ट आएको थियो ।