बेहुलीले विवाहको दिन लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो दिन बेहुला फरार

बेहुलीले विवाहको दिन लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो दिन बेहुला फरार

बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् । 

बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्।

‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले भने । 

प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् । रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।  

तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए । 

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ ।