कोरोना प्रकोप : चीनमा ८९ नयाँ संक्रमितको मृत्यु

कोरोना प्रकोप : चीनमा ८९ नयाँ संक्रमितको मृत्यु

कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ नयाँ संक्रमितको मृत्यु भएको चीन सरकारले बताएको छ । चीनमा शुक्रबार ८६ जनाको मृत्यु भएको थियो । शनिबारका मृतकहरुमध्ये प्राय हुवेई प्रान्तका मानिसहरु छन् ।

कोरोना प्रकोपबाट संसारभर ८१३ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो सँगै कोरोनाबाट मृतकको संख्या सार्स संक्रमणबाट विश्वभर मर्नेहरुको संख्याको बराबरीमा पुगेको छ।

कोरोनाबाट स‌ंसारभर ३७ हजार ५ सय ५२ जना संक्रमित छन् भने चीनमामात्रै ३७हजार१सय ९८जना संक्रमित छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोनाका २ हजार १ सय ५२ जनासंक्रमितहरु निको भइसकेका छन्।