गायक दुर्गा रायमाझी भन्छन् ‘हाम्रै नेपाल जापान बन्छ दुईचार बर्ष पर्ख’

गायक दुर्गा रायमाझी भन्छन् ‘हाम्रै नेपाल जापान बन्छ दुईचार बर्ष पर्ख’

काठमाडौं : आफ्नो जन्मभुमि आफै गरेपछि हेला ! हाम्रो नेपाल को आएर राम्रो बनाई देला!

फर्क दाई, फर्क भाई फर्क, हाम्रै नेपाल जापान बन्छ दुईचार बर्ष पर्ख !

दशै, तिहार आउदा खेरी घरसम्झेर रुन्छौ, वरवर आशु झारी झारी के परदेशि हुन्छौ !

फर्कदाई फर्क, फर्कभाई फर्क, हङकग जस्तै यहि देश हुन्छ दुईचार वर्ष पर्ख !

यी शब्द हुन लोक तथा दोहोरी गायक दुर्गा रायमाझीको ‘फर्क दाई फर्क’ मा समेटिएका । गायक स्वयं रायमाझीकै शब्द, संगीतमा रहेको उक्त गीत भिडियोसहित आज मात्रै युट्युवमा सार्वजनिक गरिएको हो ।

काठमाडौंमा सोमबार  एक कार्यक्रममा बिच रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा गीतलाई सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पुर्व अध्यक्ष तथा लोकदोहोरी क्षेत्रका एक धरोहर रायमाझीको स्वदेशको माया मारेर अथवा स्वदेशमा कुनैपनि कामको संभावना नदेखि बिदेशीने लाखौ युवाहरुलाई गीत मार्फन फर्क दाई फर्क, फर्क भाई फर्क आफ्नै स्वदेशमा, हाम्रै नेपाल बिदेश बन्छ दुईचार बर्ष पर्ख भन्दै अनुरोध गरिनुका साथै सन्देश दिईएको छ ।

आफ्नो देशमा दुख गर्न लजाउने, नमान्ने तर बिदेशी भुमिमा परिवादेखि टाढा सात समुन्द्र पारी गएर पसिना बगाउने, दुख गर्ने युवाहरुको जमात छ । पछिल्लो समयमा गाउँघर हेर्ने हो भने रित्तो जस्तै देखिन्छ । बिबाहका जन्ती र मर्दाका मलामीपनि गाउँमा भेटाउन सकिदैन भन्ने भनाई नै बनीसक्यो ।

युवा, पढेलेखेका जती सबै बिदेशी भुमिमा जादा हाम्रो देशमा हुने बिकाशले गती लिन सकेको छैन । गर्ने हो भने हाम्रै देश नेपालमापनि असंभव भन्ने केहिपनि छैन ।

गीत यस्तैयस्तै भावले समेटिएको छ । रिमा ईन्टरटेन्मेन नेपालको प्रस्तुती रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीतले दिन खोजेको सन्देश लाखौ युवाहरुले मनन् गरेर अब स्वदेशमै केहि गर्छु भन्ने भावको सिर्जना होस हाम्रो यहि कामना । साभार : लाईट नेपाल