दशै अगाढी नै पहाडी जिल्लामा पु¥याउनुपर्ने खाद्यान्नको टेण्डर गर्नमा ढिलाई

दशै अगाढी नै पहाडी जिल्लामा पु¥याउनुपर्ने खाद्यान्नको टेण्डर गर्नमा ढिलाई

धनगढी : नेपालीहरुको महान चाड दशै अगाढी नै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पु¥याउनुपर्ने खाद्यान्नको अझै टेण्डर हुन सकेको छैन । 

केही जिल्लामा डिपोका लागि खाद्यान्न टेण्डर भएर ढुवानी प्रक्रियामा रहे पनि अधिकाश डिपोमा पु¥याउनुपर्ने खाद्यान्नको टेण्डर समेत हुन नसकेको हो । 

नेपाल खाद्य सस्थान अञ्चल कार्यालय धनगढीले सवैभन्दा बढी खाद्यान्न अभाव हुने बाजुरा, बझाङ, अछामका डिपोमा दशैका लागि पठाउनुपर्ने खाद्यान्न पठाउनका ढिलाई भएको हो । 

नेपाल खाद्य सस्थान अञ्चल कार्यालय धनगढीका प्रमुख प्रेम नारायण भण्डारीले अझै बाजुराको मार्तडी, अछामको विनायक र कमलबजार, बझाङको विसौना र तल्कोट लगायतका डिपोमा खाद्यान्न पठाउनका लागि ढुवानीकर्तासग सम्झौता हुन नसकेको बताउनुभयो । 

नेपाल खाद्य सस्थान अञ्चल कार्यालय धनगढीका अनुसार बैतडी, डडेल्धुरा र दार्चुलामा खाद्यान्न पठाउनका लागि सम्झौता भईसकेको छ । 

अवको केही दिनमै त्यहा ढुवानीकर्तालाई खाद्यान्न पु¥याउने सस्थानले ताकेता गरेको जनाएको छ । सस्थानले अछाममा ६ सय ६१ क्विन्टल, बाजुरामा ४ सय ९०, बैतडीको सुनसेरा र पुरचाडी हाटमा रहेको डिपोमा एक सय क्विन्टल खाद्यान्न पठाईसकेका दावी गरेका छ । 

दशै आउन दुई हप्ता मात्रै बाकी रहेका बेला केही जिल्लाका डिपोमा खाद्यान्न ढुवानी समेत हुन नसकेका बेला सस्थानका प्रमुख भण्डारी भने दशैमा पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने दावी गर्नुभयाे। 

उहाँले दशैसम्म सवै क्षेत्रमा खाद्यान्न पु¥याउन समेत ढुवानीकर्तालाई तोकेता गरिएको बताउनुभयो । 
हरेक वर्ष खाद्यान्न अभाव हुने बझाङको काडामा खाद्यान्न पठाउनका लागि आह्वान गरिएको टेण्डर नै अवरुद्ध भएका कारण त्यहा खाद्यान्न नपुग्ने निश्चित भएको छ । 

अन्य जिल्लामा पनि खाद्यान्न पठाउनका लागि टेण्डर समेत हुन नसकेका कारण दशैमा खाद्यान्न अभाव हुने सम्भावना बढेको छ । त्यसैले दशैमा खाद्यान्न अभाव हुन नदिनका लागि ढुवानी प्रक्रियामा तिव्रता दिन जरुरी छ ।