कसरी अपनाउने स्वस्थ जीवनशैली ?

कसरी अपनाउने स्वस्थ जीवनशैली ?

सबैको चाहना हुन्छ, स्वस्थ्य रहने । तन्दुरुस्त रहने । निरोगी रहने । खुसी रहने । यसका लागि के गर्ने?

जवाफ हो, स्वस्थ्य जीवनशैली अपनाउने । यसमा खानपान, सुत्ने(उठ्ने तालिकादेखि सोच्ने शैलीसम्म पर्छ ।

स्वस्थ जीवनशैली अपनाउनु भनेको कहिलेकाही व्यायाम गर्नु वा फलफुल खानु मात्र हैन । किनकी स्वस्थ जीवनशैली अपनाउनका लागि नियमित रुपमा ताजा खानेकुुरा सेवन गर्नुका साथै नियमित व्यायामका साथमा सरसफाईमा विशेष ध्यान दिन जरुरी छ ।

त्यतिमात्र हैन, अनिद्रा, तनाव तथा आवश्यकता भन्दा बढी खाना खानबाट समेत बच्न जरुरी छ ।

सल्लाहहरू

-प्रशस्त मात्रामा पानीको सेवन गर्ने

-नियमित रुपमा व्यायाम गर्ने । नियमित रुपमा गरिने व्यायामले शरीरलाई भित्रैदेखि मजबुत बनाउनुका साथै मुटु सम्बन्धि रोग , क्यान्सर, मधुमेह तथा मोटोपना लगायतका रोग लाग्नबाट बचाउँछ । त्यतिमात्र हैन, यसले मस्तिष्कलाई स्वस्थ राखी तनाव , डिप्रेसन लगायतका मानसिक समस्या हुनबाट समेत जोगाउँछ ।

-स्वस्थ रहन खुशी हुन पनि उत्तिकै जरुरी छ । र, खुशी हुनका लागि साथीभाईसित कुरा गर्ने , रमाईलो  ठाउँ घुम्ने, सकारात्मक सोच्ने लगायतका गतिविधि  गर्न जरुरी छ ।

-मल्टीभिटामिनको सेवन गर्ने ।

ध्यान दिनु पर्ने कुरा

-खाना तथा प्यायाम समय बदल्नु भन्दा पहिले चिकित्सकको परामर्श जरुरी छ ।

-स्वस्थ्य रहन कुन कुन कुराको आवश्यकता पर्छ

-फलफुल, सागसब्जी, लिन प्रोटिन, होल ग्रेन, लो फ्याट डेरी लगायतका पौष्टिक आहार

-हल्का व्यायाम

-पर्याप्त निद्रा

-तौल जाँच्ने मानिस

-टुथब्रस तथा टुथपेष्ट

-डेन्टल  फ्लस