चीनबिरुद्ध नेपाल विजयी

चीनबिरुद्ध नेपाल विजयी

काठमाडौँ : नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा लगातार पाचौं विजय हात पारेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा अनुमान गरिए अनुरुप नेपालले बुधबार चीनलाई सजिलै १० विकेटले पराजित गरेकाे छ ।

क्वालम्पुरमा नेपालले टस जितेपछि ब्याटिङमा आएको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। नेपालले ११ बलमै लक्ष्य पुरा गर्‍यो। प्रतियोगितामा चीनको यो लगातार पाँचौं हार हो।

विनोद भण्डारीले ८ बलमा २४ रन बनाएपछि नेपालले २ ओभर भित्र लक्ष्य पुरा गर्‍यो। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरीले ३ बलमा ४ रन बनाएका हुन ।

चीनबाट एचजे ज्यानले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। टोलीका ८ खेलाडी शुन्यमा आउट भए।

नेपालबाट सन्दीप लामिछाने, ललितनारायण राजवंशी र वसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ४, वसन्तले ४ ओभरमा १ मेडन राख्दै ५ र ललितले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चे। म्यान अफ द म्याच सन्दीपले प्रतियोगितामा २० विकेट पुर्‍याइसकेका छन्। साभार : कान्तिपुर