प्रथम बेलौरी बृहत् रमाइलो मेला अनुकरणीय हो : प्रदेश प्रमुख मल्ल

प्रथम बेलौरी बृहत् रमाइलो मेला  अनुकरणीय हो : प्रदेश प्रमुख मल्ल

कञ्चनपुर :  गरिव तथा बिपन्न बालबालिकाको शिक्षा आर्जनमा सघाउने जस्तो परोपकारी कार्यमा विद्यार्थीहरुले गरेको कार्य अनुकरणीय भएको सुदुर पश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले मंगलबार प्रथम बेलौरी बृहत रमाइलो मेलाको उद्घाटन अबसरमा बताएका छन् ।

कञ्चनपुरको दक्षिणी भेगको बेलौरी स्थित शान्ती माविका पुर्व विद्यार्थीहरुद्वारा आयोजना गरिएको प्रथम बेलौरी बृहत् रमाइलो मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले बिबिध साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा बिद्यार्थीहरुले आयोजना गरेको यस कार्यक्रमले यहाको पर्यटन बिकासमा महत्वपूर्ण कदम हुने बताउनुभयो ।

 सोही कार्यक्रमका बिशिस्ट अतिथी रहेका पुर्व साँसद दिवानसिह बिष्टले कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी क्षेत्रमा पर्ने यो नक्टाबाबा कालेश्वर महादेव मन्दिरको सर्वा्ङ्गिण बिकासका लागि गुरुयोजना बनाएर पर्यटन बिकास गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइ रहेको बताउनुभयो ।

उहाँले बेलौरी लालझाडीलाई यातायात र सहज आवागमनका लागि दोंदानदिमा पक्की पुल निर्माण गरि चक्रपथको निर्माण अबधारणा ल्याएर काम सञ्चालन भइरहेको बताउनुभयो ।

कार्यक्रमका अर्का बिशिस्ट अतिथी प्रदेश सभसद कुलबिर चौधरीले यहाँको साँस्कृतिक बिकास र पर्यटन बिकासकालागी मेला कोशेढुंगो हुनेछ र यहाँ बन्दै गरेको राना थारु संग्राहलय नेपालकै लागि सोध , र अनुसन्धानको थलो हुन सक्छ तसर्थ प्रचारप्रसारका निम्ति यो मेला महत्वपुर्ण रहने दावी गर्नुभयो ।

उद्घाटनको अबसरमा बोल्दै बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले यो ऐतिहासिक क्षेत्रको बिकासकालागी नगरपालिकाले योजना बनाएर बिकासको काम गर्ने र सडक खानेपानी स्वास्थ्य लगायतका सेवाको प्रभावकारीताकालागी स्थानिय निकाय मार्फत काम गरिने बताउनुभयो ।

असोज २३ देखि सुरु गरिएको बिबिध साँस्कृतिक कार्यक्रम असोज २९ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।