सामाजिक कार्यका लागि धनगढीका युवाले सुदुरपश्चिम प्रदेश का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाए

सामाजिक कार्यका लागि धनगढीका युवाले सुदुरपश्चिम प्रदेश का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाए

धनगढी ; समाजमा बढीरहेका विकृति, विसङगति, भ्रष्टाचार, विभेद र बलत्कार जस्ता जघन्य सामाजिक अपराधहरुलाई समाजबाट निर्मुल पार्नको लागि निरन्तर संघर्षरत सामाजिक कार्यका लागि  युथ फर साेसल वर्क कल्ब धनगढीले   सुदुरपश्चिम प्रदेश का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

देशभरि घटिरहेका बलात्कार जस्ता घटनाहरुलाई न्युनीकरण तथा बलत्कारीलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्नुपर्छ भन्ने उद्देश्यले  सामाजिक कार्यका लागि युवाले कैलाली बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल अध्ययनरत विद्यार्थीहरुबाट माग र सुझावहरु संकलन गरेको छ ।

आफ्ना मागहरु पूरा नभए प्रतिरोधमा उत्रने सामाजिक कार्यका लागि युवाका बल बहादुर बोहराले जानकारी दिनुभयेा ।