दार्चुलामा जीपका छत हटाउँदै प्रहरी

दार्चुलामा जीपका छत हटाउँदै प्रहरी

दार्चुला : दुर्घटना बढाएको भन्दै दार्चुलामा प्रहरीले जीपको हुट (छत) हटाउन थालेको छ ।

दशैँ–तिहारको बेला छलमा समेत यात्रु राख्ने गरेकोले दुर्घटना बढ्ने भएकोले जीपका छत हटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

जीपहरुले छत राख्न पाउने व्यवस्था नभएपनि जीपहरुले छत राखेर निर्बाध रुपमा सञ्चालन गर्दै आएका थिए ।

जीपहरुले छत राख्न पाउने व्यवस्था पनि छैन, दशैतिहारका बेला सवारी दुर्घटनालाई कम गर्ने उद्देश्यले जीपहरुका छत हटाइएको  प्रबक्ता बोहराले बताउनुभयाे ।

जीपहरुको छत हटाइदिएकाले केही हदसम्म यात्रुहरुलाई छतमा चढाउने जस्ता क्रियाकलाहरु कम भइ सवारी दुर्घट्ना न्युनीकरण हुने प्रहरीले विश्वास लिएको बताएको छ ।