खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

चौथो संस्करणको सुदुरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा बागमती क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलको विजेताले सेमिफाइनल प्रवेशको लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतको गरि १२ टिम सहभागी प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया तथा उपविजेताले १० लाख १ रुपैँया पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५\१५ हजार प्रदान गरिने छ ।

प्रतियोगितामा दुई टिम परिवर्तन भएको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले जनाएको छ । आयोजकले क्यामरुनको कोबा एफसी र जावलाखेल युथ क्लब परिवर्तन भएको जनाएको छ । अब कोबाको स्थानमा भारतको एलएनआईपीई क्लब र जावलाखेलको स्थानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेल्ने छ ।