एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही रु १० लाख जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना १ मंसीर २०७६ देखि तीन महीना सञ्चालन भएको थियो ।

राई दोस्रो महिनाको भाग्यशाली मासिक बिजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता हुन् ।यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाएका थिए ।