जोनापुर फुटबल : समैजि माबि माझगाउ र पुस्पाञ्जली अत्तरीया उपाधिका लागि भिड्ने

जोनापुर फुटबल : समैजि माबि माझगाउ र पुस्पाञ्जली अत्तरीया उपाधिका लागि भिड्ने

धनगढी : गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा जारी अन्तरबिद्यालय प्रदेस स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि समैजि माबि माझगाउ र पुस्पाञ्जली इङग्लीस बोर्डिङ स्कुल अत्तरीया भिड्ने भएका छन । सेमिफाइनलका खेलहरुमा जित हात पार्दै फाइनल पुगेका यि दुइ टोलीले सनिबार उपाधिका लागि खेल्ने छन ।

सुक्रबार सम्पन्न सेमिफाइनल अन्र्तगतको पहिलो खेलमा पुस्पाञ्जली अत्तरीयाले पञ्चोदय माबि धनगढीलाइ २–१ गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तको यात्रा पक्का गरेको हो भने दोश्रो खेलमा समैजि माबि माझगाउ,  उज्यालो सिसु सदन लम्किलाइ ६–० गोल अन्तरले पराजित गर्दै फाइलन पुगेको हो । सनिबार दिउसो १ बजे देखि सुरु हुने फाइनल खेलको बिजेताले १ लाख पुरस्कार पाउने छ । उपबिजेताले भने ५० हजारमा चित्त बुझाउने छ । 

फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेसका १९ वटा बिद्यालयको सहभागिता थियो । फुटबलको उर्बरभुमिका रुपमा परीचित जोनापुरमा  प्रदेस स्तरीय अन्तरबिद्यालय छात्र फुटबल प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । आयोजक मदर ल्याण्ड युथ क्लबले यस अघिका बर्षहरुमा क्लब स्तरीय प्रतियोगिता गर्दै आइरहेको थियो ।

यस बर्ष भने बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने गरी बिद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष श्रबण चौधरीले बताए ।