नामले पछाडी परिदैन, विकासमा सहयोग गर्नुस् : मुख्यमन्त्री भट्ट

नामले पछाडी परिदैन, विकासमा सहयोग गर्नुस् :  मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले तत्कालिन सुदूरपचिम बिकास क्षेत्र नामलेनै बिकासमा पछाडी नपरेको स्पस्ट पार्दै प्रदेशको नाम सुदूरपचिम राख्दा प्रदेश पछाडी पर्ने भ्रममा नरहन सबैलाई आग्रह गर्नुभएको छ । 

सामाजिक सञ्जाल तथा अन्य बिभिन्न ठाँउमा भइरहेका टिकाटिप्पणीमा सुदूरपश्चिम नामलेनै यो क्षेत्र पछि परेको भन्ने भ्रम फैलिएकाले यो क्षेत्र नामले पछि नपरेको भन्दै उहाले नेतृत्वकर्ताले ध्यान नदिदा पछि परेको स्पस्ट पार्नुभयो । 

कैलाली हार्डवेयर व्यवसायी संघले आयोजना गरेको निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यो प्रदेश सुदूरपश्चिमकै नामले देश बिदेशमा परिचित भएकाले सोही नाम सर्वसम्मत तरिकाले पारित गरेको बताउनुभयो । 

उहाले सुदूरपश्चिमकै नामले डेउडा गित, बिभिन्न संघ संस्था समेत सञ्चालनमा रहेकाले सुदूरपचिमको पहिचान र संस्कृतीको जगेर्ना गर्न यो नामले धेरै प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री भट्टले बिकासका कमका लागी सरकारलाइ मात्रै दोष दिनुभन्दा सबैले हातेमालो गरेर प्रदेश सम्बृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । 

निजि क्षेत्र र सरकारको सहकार्य बिना बिकास असम्भव रहेको भन्दै उनले उद्योगी व्यवसायीहरुलाई सरकारसंग हातेमालो गरी प्रदेशको बिकासमा सहयोग गर्न आग्रह गर्नुभयोे । 

प्रदेश ७ मा उद्योग स्थापनाका लागी सरकारले गर्नुपर्ने कुरामा पुर्ण सहयोग गर्ने उहाले प्रतिबद्धता गर्नुभयो । 

करका बिषयमा, शुरक्षाका बिषयमा समस्या परेमा समस्या समाधानका लागी प्रदेश सरकार तयार रहेको उहाले बताउनुभयो । 

कार्यक्रममा बोल्दै भौतिक पुर्बाधार बिकास मन्त्री पठान सिहं बोहराले निजि क्षेत्रबाटै बिकास सम्भव भएकाले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

कर छलेर, नक्कली बिल बनाएर सरकारलाई बिकासमा बाधा नगरी लगाएको कर तिरेर प्रदेशको आर्थिक बिकासमा सहयोग गर्न उद्योगीहरुलाई उहाले आग्रह गर्नुभयो । 

सरकारले सहयोग गर्नुपर्ने कुराका लागी प्रदेश सरकार तयार रहेको उहाले बताउनुभयो ।

प्रदेश सरकार अधिकार सम्पन्न सरकार भएको भन्दै उहाले सुरुवाती चरणमा बिभिन्न बाधाका कारण शुस्त रहेपनि अब छिट्टै प्रदेश सरकारले गती लिने र ५ बर्ष भित्र प्रदेश सम्बृद्धी तिर लम्किने विश्वास दिलाउनुभयो । 

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य डिल्लिराज पन्त, उद्योगी, व्यवसायीहरुको सहभागिता थियो । 
२७ गतेसम्म चल्ने निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनीमा ४० वटा स्टलहरु रहेका छन् ।