वसमा ठोक्किदा मोटरसाइकलसवार दुवै जनाको मृत्यु

वसमा ठोक्किदा मोटरसाइकलसवार दुवै जनाको मृत्यु

धनगढी : पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत कैलालीको गोदावरी नगरपालीकाको अत्तरीया वनखेतमा भएको दुर्घटनामा दुई जनाका मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोदावरी नगरपालीका– ६ बस्ने मोटरसाइकल चालक २८ वर्षिय हेमन्त साउद र त्यसमा सवार सोहि ठाउँका २६ वर्षिय विक्रम खड्का रहेका छन । 

विहिवार दिउँसो वस र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाइते भएका उनीहरुको अत्तरीयाको पदमा अस्पतालमा उपचार सम्भवन नभएपछि भारतको वरेली लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो । 

दुवै जनाको शव पोष्टमार्टमका लागी सेती अञ्चल अस्पताल ल्याइएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्वरको वस र  विपरित दिशावाट जाँदै गरेको से ५ प ७५३६ नम्वरको पल्सर मोटरसाइकल वनखेतमा एकआपसमा ठोक्किएको हो ।

बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।