हत्यारा पत्ता नलाग्दा निर्मला पन्तका घरपरिवार निराश

हत्यारा पत्ता नलाग्दा निर्मला पन्तका घरपरिवार निराश

धनगढी, कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७९ दिन भइसेकेको छ । तर घटनाको अनुसन्धानले भने निष्कर्ष पाउन सकेको छैन् । 

न्यायका लागि काठ्माण्डौ पुगेर प्रधानमन्त्रीलाइ समेत भेटेर फर्केका निर्मलाका आमबुबाले भने घटनामा संलग्ग्न रहेका भनिएका बमदिदीहिनी माथि गरिएको प्रहरीको अनुसन्धान विश्वसनीय नभएको भन्दै पुनः अनुसन्धान गर्न माग गरेका छन । 

निर्मलाकै न्यायका लागि घटनापश्चात निरन्तर संघर्षमा उत्रिएका महिला अधिकारकर्मीले पनि बम दिदीबहिनी माथि अनुसन्धान गर्नुपर्ने प्रहरी नै घटना रहस्यमय बनाउन लागिपरेको आरोप लगाएका छन् । 

साउन ११ गते बलात्कार पश्चात हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेपछि उक्त घटनामा कस्को संगलग्नतारहेको छ, भनेर समिति गठनेदखि आन्दोलन र सषर्घका कार्यक्रम भएका छन । तर, पनि यसका बाबजुद पनि अहिलेसम्म प्रहरी अपराधिसम्म पुग्न सकेको छैन । 

स्थानीयको दवावपछि प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान पश्चात छाडेको बम दिदी बहीनीलाई पुनः अनुसन्धान गर्न माग गरेका छन । उनीहरुले अन्य व्यक्तिलाई जवरजस्ती पक्राउ गरेर शारिरीक र मानसिक यातना दिईएको तर, बम दिदी बहिनालाई भने कुनै किसिमको यातना नदिईदा अनुसन्धान माथि नै प्रश्न उठेको बताएका छन । 

पुनः बम दिदी बहिनीमाथि अनुसन्धान गरेर उनीहरुको घटनामा सग्लनता रहे नरहेको स्पष्ट पार्नुपर्ने निर्मलाकी आमा दुर्गादेवि पन्तले बताउनुभयो ।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका आमाबुबा अधिकारकर्मीसग काठमाण्डो समेत पुगेका थिए । सो क्रमम प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधिलाई छिटट्ै पक्राउ गर्ने आश्वासन निर्मलाका आमाबुबालाई दिनुभएको थियो । 

तर, उक्त आश्वासन आश्वासनमा मात्र सिमित भएको उहाँले गुनासो गर्नुभयो । निर्मलाको हत्यापश्चात कञ्चनपुरमा न्यायका लागि संघर्षरत महिलाअधिकारकर्मीहरुले पनि प्रहरीको बम दिदी बहिनीमाथिको अनुसन्धानमा अविश्वसनीय रहेको आरोप लगाएका छन् । 

अपराधीले घटनास्थलमा यथेष्ट प्रमाण छोडेपनि प्रहरीले सामान्य घटनालाई रहस्यमय बनाउन भूमिका खेलेको आरोप दबाबमुलक संघर्ष समितिकि संयोजक हेलेन श्रेष्ठले लगाउनुभयो ।

तर कञ्चनपुर प्रहरीले भने घटनाको दोषी पत्ता लगाएरै छोड्ने दाबी गरेको छ । 
तीनवटा टोलीले नयाँसिराबाट अनुसन्धान गरिरहेकाले ढिलै भए पनि घटनका दोषी पत्तालगाएरै छोड्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक कृष्ण ओझाले दावी गर्नुभयो । 

प्रहरीले हत्यारा पक्राउ गरेरै छोड्ने भनेपनि निर्मलाका परिवारलाई भने उक्त कुरामा पनि विश्वास लाग्न छोडिसकेको छ । 

सरकारले २ महिना बितिसक्दासम्म पनि घटनाको विश्वसनीय प्रमाण जुटाउन नसक्नुले देशभरबाट निर्मलाको न्याएका लागि उर्लिएको जनलहरमा पनि निराशा छाउन थालेको छ ।