घुम्ती साहित्य महोत्सब हुदै, विशिष्ठ साहित्यकारहरु धनगढीमा

घुम्ती साहित्य महोत्सब हुदै, विशिष्ठ साहित्यकारहरु धनगढीमा

धनगढी, १६ बैशाख । धनगढी जेसीजले फाइन्प्रिन्ट प्रालि काठमान्डौसंगको सहकार्यमा बैशाख १७ (भोली) गते १ दिने साहित्य महोत्सव कार्यक्रम गर्ने भएको छ । 

लेखकहरु मदनकृष्ण श्रेष्ठ, शिवानी सिंह थारु, यज्ञश, युग पाठक, महेश बिक्रम शाह, अमर न्यौपाने, हरिबहादुर थापा, नयन राज पाण्डे लगायत अन्य साहित्यकार हरुले पालै पालो आफ्नो कृति को बारेमा एक जना समालोचक र पाठकहरु संघ प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यतालिका रहेको आयोजक धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाले जानकारी दिनु भयो । 

स्थानीय पत्रकार र अन्य साहित्यकारहरुको समेत उपस्थिति रहने उक्त कार्यक्रममा नेपालको समसामयिक राजनीति, भ्रष्टाचार, अख्तियार लगायतका बिषयमा लेखिएको हरि बहादुर थापा को कृति रजगज माथि  प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको यस साहित्यिक महोत्सव कार्यक्रमका संयोजक तथा धनगढी जेसीजका कार्यकारी उपाध्यक्ष श्याम पाठकले जानकरी दिनु भयो । 

कार्यक्रम मा बरिष्ठ साहित्यकार यज्ञश संग मदन पुरुष्कार बिजेता कथासंग्रह ऐनाका कथाकार रामलाल जोशी ज्यूको पनि समालोचनात्मक प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ । 

कार्यक्रम बैशाख १७ गते बिहान ११ बजे देखि सांझ साढे ५ बजे सम्म धनगढी स्थित होटेल डीभोटी मा संचालन हुने छ ।