नेपालमै अध्ययन गर्न अभिप्रेरित गर्नका लागी धनगढीमा शैक्षिक मेला शुरु

नेपालमै अध्ययन गर्न अभिप्रेरित गर्नका लागी धनगढीमा शैक्षिक मेला शुरु

धनगढी: उच्च शिक्षा अध्यायनकै लागी बिदेश नरोजी सकेसम्म नेपालमै अध्ययन गर्न अभिप्रेरित गर्नका लागी धनगढीमा शैक्षिक मेला शुरु भएको छ । १८ र १९ गते दुई दिनसम्म चल्ने मेला धनगढीको जलसा होटेल प्राङंणमा शुरु भएको छ ।

भिजन मिडिया तथा एजुकेसन डटकमको आयोजनामा शुरु भएको मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कागं्का नेता डक्टर रण बहादूर रावलले उद्घाटन गरेका हुन् । । उच्च शिक्षा लिनका लागी महगंो शुल्क तिरेर बिदेश तिर जाने प्रबृतिलाई रोक्न मेला आयोजना गरेको आयोजकले जनाएको छ ।

अबिभावकहरुले समेत नेपालको शिक्षाबारे बुझ्न नसक्दा छोराछोरीहरुलाई उच्च शिक्षाका लागी बाहिरै पठाउने गरेकाले यसलाई रोकी नेपालमै पढ्ने वातावरण श्रृजन गर्न मेलाले महत्वपुर्ण भुमिका खेल्ने आयोजक भिजन मिडियाका प्रमुख कार्यकारी अधिकृत तारामान रावलले बताए ।

यस मेलामा देशभरीका ३० वटा कलेज सहभागी रहेकोे भिजन मिडियाका सुदूरपश्चिम संयोजक देवेन्द्र जोशीले बताए ।