वाइफाइ स्लो छ ॽ यस्तो छ ५ गुणा फास्ट बनाउने उपाय

वाइफाइ स्लो छ ॽ यस्तो छ ५ गुणा फास्ट बनाउने उपाय

इन्टरनेट प्रदायक कम्पनीहरुले अनेकथोकको समस्या देखाउँदै इन्टरनेटमा ठग्दै आएका छन् ।प्रयोगकर्ताहरुलाई प्राविधिक जानकारी नहुँदा पनि ठगिनु परेको छ । भनेको जति स्प्रिड नदिनेदेखि नक्कली राउटरसम्म भिराउने कम्पनीहरुका कारण प्रयोगकर्ताको वाइफाइ नै स्लो हुने गरेका छन् ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले भने अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ । सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ । यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिने बताइएकोछ ।

अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् । कम्पनीले भनेको छ की यो नयाँ प्रविधिले डाटा ट्रान्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न मद्दत मिल्नेछ ।