कोरोना भाइरस सतर्कता : सामाजिक बिकास मन्त्रालयद्धारा महत्वपुर्ण निर्णय पारित

कोरोना भाइरस सतर्कता : सामाजिक बिकास मन्त्रालयद्धारा महत्वपुर्ण निर्णय पारित

धनगढी : बिश्वका बिभिन्न मुलुकमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबारे सतर्कता अपनाउन प्रदेशको सामाजिक बिकास मन्त्रालयले सम्बन्धित निकायहरुसंग छलफल गरी बिभिन्न निर्णय गरेको छ । भाइरसलाई भित्रिन नदिन तथा भित्रिसकेको खण्डमा गर्नुपर्ने तयारी बारे छलफल गरी बिभिन्न निर्णय गरिएको हो । 

सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा चिकित्सक संघ, निजि अस्पताल सञ्चालक, औषधी ब्यवसायी संघ, उधोग बाणिज्य संघ कैलाली, होटेल ब्यवसायी संघ कैलाली लगायत सरोकारवालाहरु संग छलफल गरी सो निर्णय गरिएको हो । 

सिमानाकामा रहेका हेल्थ डेस्कलाई ब्यवस्थित एवं प्रभावकारी बनाउन श्रोत साधन जनशक्ती ब्यवस्थापन गर्न सम्बन्धित स्थानिय तहलाई आवश्यक ब्यवस्थापनलाई समन्वय तथा पत्राचार गर्ने, अन्तरदेशिय बस सेवालाई केही दिनका लागी रोक्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने, सेती प्रादेशिक अस्पतालको आइसियु वार्डलाई भेन्टिलेटर सहित थप ब्यवस्थित गर्ने निर्णय भएका छन् ।

त्यसैगरी आपतकालिन अवस्थामा आइसोलेशन र क्वारेन्टाइन प्रयोजनका लागी प्रयोग गर्नुपर्ने भएकाले होटेल ब्यवसायी संघ संग सहयोग माग्ने, निर्माण ब्यवसायी संघ र उधोग बाणिज्य संघबाट कोरोनाको ब्यवस्थापन गर्न भौतिक सहयोग भवन फर्निचर, मानबिय सहयोगका लागी समेत अनुरोध गर्ने, औषधी ब्यवसायी संघले आवश्यक पर्ने औषधी तथा उपकरणको आपुर्ती सहजताको ब्यवस्था मिलाउने तथा निजि सामुदायीक अस्पतालहरुले उपचारको आवश्यक ब्यवस्था मिलाउने निर्णय भएका छन् ।