पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने सम्भावना

पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने सम्भावना

कंचनपुर ।
कंचनपुरमा रहेको नेपालको पश्चिमी सिमा नाका गड्डाचौकी तथा ब्रम्हदेव भएर भारतको पूर्णागिरी दर्शन गर्न ठुलो संख्यामा भक्तालुहरु आउने जाने गर्दछन। पूर्णागिरीको दर्शन गरिसकेपछी  ब्रम्हदेव तथा महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरको दर्शन गर्ने  भारतीयहरु पनि  ठुलो संख्यामा  रहेको पाइन्छ ।भारतीयहरु पुर्णागिरीको दर्शन गरिसकेपछि नेपाल भित्रिने गर्दछन। उक्त मेला दुइ महिना भन्दा बढी समयसम्म लाग्ने गर्छ र  पूर्णागिरी मेला र सिद्धनाथको दर्शन गर्न आउनेजाने भक्तजनको  संख्या  हजारौं रहन्छ।
 
कोरोना परिक्षणका लागि सिमानाका मा स्वास्थ्यकर्मीहरु खटाइएका छ्न ।  स्वास्थ्यकर्मीहरु ज्वरो नाप्ने डिजिटल मेसिन लिएर बसेका छन्। पुर्णागिरी मेला चलिरहेको बेला हुने भक्तजनहरुको त्यो भिडभाडमा प्रत्येक व्यक्तिको स्वास्थ्य परिक्षण चुनौतीपूर्ण रहेको छ।
 कोरोना भाइरसलाई नेपालमा भित्रीन नदिन नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीमा एक साता अघिबाट आवत जावत गर्नेहरुको परिक्षण गर्न थालिएको हो र आइतबार बाट  नेपालभारत मैत्री बस सेवा समेत बन्द गरिएको छ। गड्डाचौकी नाका भएर भित्रिने नेपाली तथा भारतीय नागरिकहरुकाे कोरोना परिक्षण स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ। अबको केही दिनबाट सुरु भइरहेको पुर्णागिरी मेलालाई व्यवस्थित रुपमा लैजान नसके नेपालमा समेत कोरोना भाइरस भित्रीन सक्ने सम्भावना धेरै रहेको देखिन्छ । विस्वका धेरै जसो राष्ट्रहरुमा फैलिसकेको उक्त भाइरस भारतमा पनि देखिएको समाचारहरु आउदै गर्दा उक्त मेलालाइ व्यवस्थित रुपमा लैजान नसके कोरोनाको भित्रिने खतरा देखिन्छ। 
 सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते गड्डाचौकी र ब्रम्हदेवमा हेल्थ डेस्क स्थापना गरेको हो। त्यहाँ १० जना स्वास्थ्यकर्मी खटाइएको छ। केही दिन पछि सुरु हुने पुर्णागिरी मेलालाइ लक्षित गर्दै  नेपाल भित्रिने भारतीय नागरिक वा भारत पुगेर नेपाल आउनेहरुका लागि थप जनशक्ति र कोरोना परिक्षण गर्ने उपकरण हरु  बढाउन  पहल गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । कोरोनालाइ भित्रिन नदिन सबैले आ-आफ्नो ठाउँ बाट महत्वपूर्ण भुमिका निभाउनु पर्ने समेत उनले बताए ।