कंचनपुरमा भन्सार छलेर ल्याएको १४ क्विन्टल चिनी बरामद

कंचनपुरमा भन्सार छलेर ल्याएको १४ क्विन्टल चिनी बरामद


कञ्चनपुर ।
कंचनपुरमा भारतबाट भन्सार छलेर ल्याएको चिनी सशस्त्र प्रहरी बलले बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले हिजोराती शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बाट साढे १४ क्विन्टल चिनी बरामद गरेको हो ।
भारतबाट भन्सार छ्लेर ल्याएको चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले जनाएको छ ।  चोरी तस्करीको चिनी भएकाले बरामद गरिएको शैलेश्वरी गणका गणपति बिर बहादुर शाहुले बताएका छ्न ।  २९ बोरा चिनी तस्करहरु बाट   नियन्त्रणमा लिएको उनले बताए ।

बरामद गरिएको चिनी आइतबार भन्सार चलान गरिएको छ । कंचनपुरमा चिनी उद्योग हुँदाहुँदै पनि तस्करले भारतबाट भन्सारै नकाटी चिनी ल्याउदा स्थानीय स्तरमा उत्पादन भएको चिनीको बजार घट्ने एक स्थानियले बताए ।