भारत सरकारले गर्यो पूर्णागिरी मेला स्थगित

भारत सरकारले गर्यो पूर्णागिरी मेला स्थगित


कंचनपुर  । 
विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला भारतको उत्तराखण्ड  स्थित लाग्ने पूर्णागिरी मेला भारत सरकारको उत्तराखण्ड प्रशासनले आइतबार एक आदेशपत्र जारी गरि स्थगित गरेको छ ।  कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गइरहेकोले मेला बन्द गरीएको भारतिय सञ्चार माध्यमले जनाएका छ्न  ।
पूर्णागिरी मेलाको दर्शन गरि  नेपालको कञ्चनपुर जिल्लाका ब्रह्मदेव तथा महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरमा हजारौं भारतीय  दर्शनार्थीहरु आउने गर्ने गर्दछ्न जसको कारण नेपालमा पनि कोरोना भित्रिने खतरा बढेको थियो । 
मेलाले गर्दा कोरोनाको संक्रमण नेपालमा पनि देखिने खतरा बढेको भन्दै स्थानीयहरु चिन्तित बनेका थिए । त्यसकारण  जिल्ला प्रशासन कार्यालय कंचनपुरले सोमबार पत्रकार सम्मेलन गरि  व्यवस्थापनका लागि सरोकारवाला निकायहरु सङ्ग छलफल गर्नुको साथै आवश्यक थप जनशक्ति र उपकरणको लागि पहल गरिएको थियो  तर भारत सरकारले मेलामा रोक लगाएपछि कञ्चनपुरका स्थानिय खुशी भएका छन।कोरोना भाइरसको महामारी बढिरहेको बेला पुर्णागिरी मेला स्थगित गर्ने भारत सरकारको यो निर्णय स्वागतयोग्य रहेको स्थानियहरुले  बताए ।