बसपार्क पछाडी एकजनाको शव फेला

बसपार्क पछाडी  एकजनाको शव फेला

कंचनपुर । महेन्द्रनगर बसपार्क पछाडी रहेको बालमन्दीर नजिकै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । उक्त शव बेलडाडी गाउपालीका वडा न २ का अन्दाजी ५५वर्षीय भजन रावल रहेको प्रहरीले जनाएको छ ।

बसपार्क पछाडी रहेको बालमन्दीर नजिकको गल्लीमा ति व्यक्ति मृत भेटीएपछि प्रहरी लाई  स्थानीयले खबर गरेका थिए।

मृत अवस्थामा भेटीएका रावल हाल आफ्ना नाती नतिना पढाउने शिलसिलामा भगतपुर स्थित डेरा गरेर बस्दै आईरहेका थिए । रावलको मृत्यु के कति कारणले भएको हो यकिन हुन सकेको छैन ।

यसबारे अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यलयले जनाएको छ ।प्रहरीले मृतकको सव आफन्तको जिम्मा लगाई सकेको  वडा प्रहरी कार्यलयका इन्चार्ज  मोहनजंग बुडथापाले बताए ।