कंचनपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रम सुरु

कंचनपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रम सुरु

कञ्चनपुर । राष्ट्रिय परिचय पत्र कार्यक्रम अन्तर्गत कञ्चनपुरमा  विवरण दर्ता कार्यक्रम  सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाबाट विवरण दर्ता अभियान शुरु गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । 

९१ जना विवरण दर्ता अपरेटरहरुलाई छनौट गरि  भीमदत्त नगरपालिकाका १९ वटै वडाहरुमा  घुम्ती केन्द्रहरुमा परिचालन गरिएको छ।  राष्ट्रिय परिचय पत्रका लागि पहिलो चरणमा १ लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

देशभर राष्ट्रिय परिचय बितरण गरिने उदेश्यले सुरु भएको उक्त कार्यक्रम अहिले कंचनपुर लगायत  केही जिल्लाहरुमा मात्रै सुरु गरिएको छ ।