कंचनपुरमा २३ वर्षीय युवकले गरे आत्महत्या

कंचनपुरमा २३ वर्षीय युवकले गरे आत्महत्या

बुधवार साँझ कञ्चनपुरमा एक जना युवकले  आत्महत्या  गरेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउका २३ वर्षीय शेर बहादुर ठगुन्नाले आत्महत्या  गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगुन्नाले आफ्नै घरको पंखामा झुन्डिएर  आत्महत्या गरेको जानकारी दिएको छ । उनले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन ।घटना बारे थप अनुसन्धान भइरहेको कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रविन्द्र पौडेले बताएका छ्न ।