नेपालमा भारतीय नम्बर प्लेटका सम्पुर्ण सवारी साधनहरु प्रवेशमा रोक

नेपालमा भारतीय नम्बर प्लेटका सम्पुर्ण सवारी साधनहरु  प्रवेशमा रोक

कञ्चनपुर : विश्वभर फैलिएको  कोरोना भाइरसको संक्रमण भारतमा बढ्दै गएपछी  कञ्चनपुरको पश्चिमि नाका गड्डचौकिबाट  नेपाल भित्रिने सम्पुर्ण  भारतीय नम्बर प्लेटका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।  भारतबाट नेपाल भित्रिने नागरिकहरु बाट  कोरोना भाइरसको सङ्क्रमणको सम्भावना   बढेको भन्दै सम्पुर्ण सवारीसाधन बन्द गर्नुपर्ने स्थानीयहरुले माग राखेपछी भारतीय नम्बर प्लेटका सवारीसाधनमा  रोक लगाइएको हो। 
कंचनपुरको पश्चिमि सिमानाका गड्डाचौकी भएर भारतबाट नेपाल फर्किने नेपालीहरूको संख्या ह्वात्तै बढेको छ। बिहीवार मात्रै भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या ३००० भन्दा धेरै रहेको देखिन्छ ।
भारतमा संक्रमण बढेपछि भारतीय नागरिकहरु पनि धमाधम नेपाल आइरहेको एक स्थानियले बताए । सीमामा यातायात बन्द गरेपछि आवतजावत नै ठप्प भएको इलाका प्रहरी कार्यालय गड्डाचौकी का प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर चन्दले बताएका छ्न।

 कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिनका लागि सवारी साधन आवागमनमा  रोक लगाइएको प्रहरी नायव निरीक्षक चन्दले बताए । 

सानाठूला सम्पुर्ण सवारीसाधनहरु प्रवेशमा  रोक लगाउँदा यात्रुहरु समस्यामा परेका  छन। भारतबाट घर फर्किने नेपालिहरु समेत समस्यामा परेका छ्न । भारतबाट  घर फर्किरहेकाहरूलाई गड्डाचौकीलगायत अन्य नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचपछि मात्रै नेपाल भित्रिने व्यवस्था मिलाइएको छ । 

 यातायात आवागमन बन्द भएपछि  बनवासा बाट नै सामानको भारी बोकेर हिँड्नु परेको भारतबाट नेपाल फर्केका एक नेपालीले बताए ।  गड्डाचौकी नाकाबाट दैनिक तिनहजार  भन्दा माथिको हाराहारीमा नेपालीहरू भित्रिने गरेको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ । 

भिमदत्त नगरपालिकाले गत फागुन २३ गतेदेखि गड्डाचौकी नाकामा हेल्थ डेस्क स्थापना गरेर नियमित चेक जाँच गरिरहेको छ । हेल्थ डेस्क स्थापना भएदेखि हालसम्म ३५ हजार २ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ । 
कोरोना संक्रमणको जोखिम बाट बच्न चैत २ गते बाट नेपाल भारत मैत्री बस सेवा समेत अनिश्चितकालका लागि बन्द गरेको भएतापनी स-साना सवारी साधन चाहिँ निरन्तर चलिरहेका थिए । शुक्रवार बाट सम्पुर्ण सानाठूला सवारी साधन प्रवेशमा रोक लगाइएको छ।