भारतसंग सिमा जोडिएको कंचनपुरको सिमानाका गड्डाचौकिबाट नेपाल भित्रिनेहरुको घुइँचो

भारतसंग सिमा जोडिएको कंचनपुरको सिमानाका गड्डाचौकिबाट नेपाल भित्रिनेहरुको घुइँचो

कंचनपुर : भारतमा  कोरोना भाइरसको संक्रमण भेटिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन थालेका छन । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्किन थालेका हुन । 
गड्डाचौकि नाकामा हेल्थ डेस्क राखि स्वास्थ्यकर्मीहरु राखिएका छ्न तर  नागरिकको चाप अत्यधीक बढेपछि स्वास्थ्यजाँचमा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ । स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको तथा शंका लागेमा महाकाली अञ्चल अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ ।

 गड्डाचौकी नाकाबाट दैनिक हजारौं नेपाली भित्रिन थालेपछि स्थानीयमा त्रास उत्पन्न हुन थालेको छ । उक्त नाका भएर कर्णाली र सुदूरपश्चिमका हजारौं नेपाली भारतका विभिन्न सहरमा मजदुरीमा लागि जाने गर्दछन।
संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको हो ।
बिहान ६ बजेदेखि ९ बजेसम्म झण्डै ३ हजार नेपाली स्वदेश भित्रिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासीनीले बताएका छ्न ।
साँझसम्म यो संख्या बढ्दै जाने अनुमान गरिएको छ ।