भारतबाट गड्डाचौकि नाका हुँदै नेपाल भित्रिएका दुइजनालाई कोरोना भाइरस संक्रमणको आशंका

भारतबाट गड्डाचौकि नाका हुँदै नेपाल भित्रिएका दुइजनालाई कोरोना भाइरस संक्रमणको आशंका

कंचनपुर : भारतबाट गड्डाचौकि नाका हुँदै नेपाल भित्रिएका दुइजनालाई कोरोना भाइरस संक्रमणको आशंकामा महाकाली उप–प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

 गड्डाचौकी नाकामा चेकजाँच गर्ने क्रममा कोरोना संक्रमणको शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालका  अनमी निर्मला जोशीले बताइन ।
अहिले दुवैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
 उनिहरु दुइजनाको खकार प्रयोगशालामा परिक्षण गरि मात्रै कोरोना संक्रमण भए नभएको पुष्टि हुने जनाइएको छ ।