धनगढी जेसिज र लखिमपुर जेसिज बिच सहकार्य सुरु

धनगढी जेसिज र लखिमपुर जेसिज बिच सहकार्य सुरु

धनगढी खवर सवाददाता
धनगढी, २४ बैशाख ।

धनगढी जेसिज र लखिमपुर जेसिज बिच सहकार्य सुरु गरिएको छ । सोमवार दुबै जेसिजका अध्यक्षहरुले एक कार्यक्रमकाविच सहकार्य पत्रमा हस्ताक्षर गर्दै सहकार्य सुरु गरेका हुन । 

सहकार्य पत्रमा धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझा र लखिमपुर जेसिजका अध्यक्ष योगेश जोशीले हस्ताक्षर गरे ।

कार्यक्रमको संयोजन धनगढी जेसिजका बर्ष २०१८ का अन्तराष्ट्रिय सम्बन्ध संयोजक जेसि इ. रोशन भट्टले गरेका थिए । सहकार्य पछि एकअर्काको कार्यक्रम तथा संस्कृति आत्मसात गर्नुका साथै अन्य विभिन्न विषयमा काम गर्न सहज हुने अपेक्षा गरिएको छ । 

कार्यक्रममा धनगढी जेसिजका पुर्ब अध्यक्षहरु, धनगढी लेडिज जेसिजका अध्यक्ष लगायत पदाधिकारी, धनगढी जेसिजका पदाधिकारी लगायत लखिमपुर जेसिजका सदस्यहरुको सहभागिता थियो ।